शनिबार , असार १३, २०८३

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सीता मिजारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरुलाई ललिपप खुवाएर घर पठाएको भन्दै टिप्पणी गरेकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लामिछानेले ३५ हजारभन्दा बढी सहकारी पीडितलाई न्यायको आश्वासनमात्रै दिएको बताएकी हुन् । सहकारी पीडितहरुको न्यायका लागि वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको उनको दाबी छ ।

‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगिएका ३५ हजारभन्दा बढी सहकारी पीडितहरुलाई न्याय दिलाउने आवश्वासन ललिपप खुवाएर घरर पठाउनु भयो । तर, तिनलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को पनि भाँच्न सकेको छैन,’– उनले भनिन् ।

सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई तत्काल पक्रिने आश्वासन दिएका गृहमन्त्री लामिछानेले अहिलेसम्म केही गर्न नसकेको उनको भनाइ छ । उनले जिबी राईलाई कहिले पक्रिएर दायरामा ल्याउनु हुन्छ ? भन्दै प्रश्न गरिन् ।

गृहमन्त्रीमाथि लागेको आरोपमा सरकारी निकायले दिएको स्पष्टीकरणको आधारमा उनले उन्मुक्ति पाउन नहुने मिजारको भनाइ छ । आरोप लागेका गृहमन्त्री लामिछाने छानविनको दायरामा आउनु पर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP