सोमबार , भाद्र १५, २०८३

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिले अर्थतन्त्रमा दशा लागेको दाबी गरेका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्दै सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले भने–‘आज एउटा राष्ट्रिय दैनिकमा न्यायपालिकाको सन्दर्भमा सम्पादकीय छ । न्यायपालिकाको नियुक्ती प्रक्रियादेखि न्याय सम्पादनसम्म पनि व्यक्ति व्यक्तिअनुसार फरक छ । पहुँचअनुसार फरक छ । यसले जनताको विश्वास कहाँ लग्छ ? जसरी सरकारले पनि पहुँचको आधारमा विभिन्न निर्णय गर्छ , त्यसैगरि न्यायपालिकाले गर्न थाल्यो भने त्यसमा प्रश्न उठ्नु आँफैमा दुःखद् कुरा हो ।’

उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको मोवाईल रेकर्ड मनिटरिङ हुनुपर्ने माग गरे । उनले भने,‘सर्वोच्च अदालतका न्यायाधीशहरुको मोवाईल रेकर्ड मनिटरिङ हुनुपर्छ, कि कुन नेताको पहुँच र प्रभावको आधारमा निर्णय प्रभावित हुने गर्छ भनेर । न्यायापालिकामा नियुक्ती भागबण्डामा भैरहेको छ । तर, भागबण्डामा निर्णय गर्ने कुरा दुःखद् हो । यसले देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP