शनिबार , असार १३, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो ।

रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच छलफल हुन लागेको बताएका थिए ।

उनले भनेका थिए, ‘ऋषिजीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एकपट्टि शेरबहादुर र अर्कोतिर केपी ओलीलाई राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै यहाँबाट गएर एकातिर शेरबहादुरजी र अर्कोतिर केपीजीसँग बस्दैछौं । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा पनि गम्भीर छलफल गर्दैछौं ।’

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ । संवैधानिक निकायका विभिन्न पदमा लामो समयदेखि पदाधिकार्हिरु रिक्त रहेका छन् । भोलिको बैठकले केही आयोगहरुमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्ने सम्भावना रहेको छ । आजको भेटमा सो बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP