मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो ।

रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच छलफल हुन लागेको बताएका थिए ।

उनले भनेका थिए, ‘ऋषिजीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एकपट्टि शेरबहादुर र अर्कोतिर केपी ओलीलाई राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै यहाँबाट गएर एकातिर शेरबहादुरजी र अर्कोतिर केपीजीसँग बस्दैछौं । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा पनि गम्भीर छलफल गर्दैछौं ।’

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ । संवैधानिक निकायका विभिन्न पदमा लामो समयदेखि पदाधिकार्हिरु रिक्त रहेका छन् । भोलिको बैठकले केही आयोगहरुमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्ने सम्भावना रहेको छ । आजको भेटमा सो बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP