सोमबार , भाद्र १५, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको सरकार बनाएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल शक्तिको इपिसेन्टर बने । नेकपा (एमाले) फुटाएर नयाँ पार्टी बनाएपछि एकअर्काको आरोप–प्रत्यारोपमा उत्रिएका केपी शर्मा ओली र माधव नेपालबीचको संवादहीनता अन्त्य भयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारमा सहभागी हुनलाई निकै बार्गेनिङ गरे । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन ओली, प्रचण्ड दुई दिनसम्म विहान बेलुकै माधव निवास कोटेश्वर पुगे । नेपाल निवास कोटेश्वर निर्णायक शक्तिको इपिसेन्टर नै बन्यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीसमेत माधव नेपाल फकाउन कोटेश्वर पुगे ।

अन्ततः उनी ओली–प्रचण्डसँग सहकार्यका लागि तयार भए । उनी ओली–प्रचण्डसँग सहकार्यका लागि तयार हुनुको अन्तर्य भने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले खुलासा गरेका छन् । प्रमुख सचेतक चौधरीका अनुसार एकीकृत समाजवादीलाई राष्ट्रिय सभाको उपाध्यक्ष, केन्द्र सरकारमा अझैं एक जना मन्त्री, सबै प्रदेशमा मन्त्री, एउटा प्रदेशमा मुख्यमन्त्री र माधव कुमार नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउने सहमती बनेको छ ।

प्रमुख सचेतक चौधरीले यतिधेरै पदको सहमती भएपनि कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त नरहेको उनले बताए । नेता चौधरीले वर्तमान सरकार ओली–प्रचण्डकै कारण ढल्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP