उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पोखरास्थित सूर्यदर्शन र अन्य सहकारी पीडित बचतकर्ताहरुको पैसा व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उद्घोष गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी पीडितहरुलाई न्याय दिलाएरै छाड्ने उद्घोष गरेका हुन् ।

साथै, उनले नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नहरुको जवाफ दिन आफू तयार रहेको बताए । गृहमन्त्री लामिछानेले सहकारीमा अवैध रुपमा रकम राख्नेहरुको समेत हिसाब किताब गर्ने बताएका छन् । ‘सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजीनितिबाट विश्राम लिन्नँ’ उनले भने ।

सहकारी ठगेर जो जहाँ लुकेको भएपनि खोजेर कारबाहीको दायरामा ल्याइने उनले बताए । लामिछानेले आकाशमा पातालमा जो जहाँ भएपनि सहकारी ठगी गरेर फरार भएकाहरुलाई राज्यले खोजेर ल्याउने र सबै बचतकर्ताको रकम फिर्ता गर्ने विश्वास दिलाए ।

साथै, उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुट्नुलाई अतिरञ्जित नगर्न आग्रह गरे । महरा अस्वस्थ रहेकोतर्फ लक्षित गर्दै उनले राज्यसँग करुणा भएन भने पनि न्याय मर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।

चल्न थाले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स


TOP