शनिबार , असार १३, २०८३

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पोखरास्थित सूर्यदर्शन र अन्य सहकारी पीडित बचतकर्ताहरुको पैसा व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उद्घोष गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी पीडितहरुलाई न्याय दिलाएरै छाड्ने उद्घोष गरेका हुन् ।

साथै, उनले नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नहरुको जवाफ दिन आफू तयार रहेको बताए । गृहमन्त्री लामिछानेले सहकारीमा अवैध रुपमा रकम राख्नेहरुको समेत हिसाब किताब गर्ने बताएका छन् । ‘सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजीनितिबाट विश्राम लिन्नँ’ उनले भने ।

सहकारी ठगेर जो जहाँ लुकेको भएपनि खोजेर कारबाहीको दायरामा ल्याइने उनले बताए । लामिछानेले आकाशमा पातालमा जो जहाँ भएपनि सहकारी ठगी गरेर फरार भएकाहरुलाई राज्यले खोजेर ल्याउने र सबै बचतकर्ताको रकम फिर्ता गर्ने विश्वास दिलाए ।

साथै, उनले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुट्नुलाई अतिरञ्जित नगर्न आग्रह गरे । महरा अस्वस्थ रहेकोतर्फ लक्षित गर्दै उनले राज्यसँग करुणा भएन भने पनि न्याय मर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP