शनिबार , असार १३, २०८३

सुनसरीको धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बिचको खोल्सीमा मृत भेटिएकी २१ बर्सिया सुमना श्रेष्ठको हत्यामा संलग्न ब्याक्तीलाइ प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१६ निवासी सुमना श्रेष्ठको हत्यामा संलग्न उनकै प्रेमी बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।

बाबुराम धरान १६ कै स्थानीय युवा हुन । उनीहरू बिच २ वर्ष देखि प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा दरार आएदेखि नै बाबुरामले हत्या योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत चैत ७ गते दिउँसो २ः५९ बजे श्रेष्ठको हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठ र धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो । धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत सुमनाले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि बाबुराम रिसाएका थिए ।

सुमनाले जब गर्न थालेदेखि नै प्रेम सम्बन्धमा दरार आउन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमना गत पुसदेखि सो कम्पनीमा काम गर्दै आएकी थिइन । कामकै शिलशिलामा कम्पनीका प्रदीप श्रेष्ठसँग नजिकिएको बाबुरामले थाह पाएको र त्यहीदेखि विवाद सुरु भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कम्पनीका श्रेष्ठ सँग नबोल्न प्रेमी बाबुरामले पटक पटक भन्दा पनि नमानेपछि फेसबुक पासवर्ड मागेका थिए ।प्रहरीका अनुसार सुमनालाइ फकाउन बाबुराम आफैले चैत ६ गते स्कुटर चलाउन सिकाएका थिए ।

तर फेसबुकको मेसेज हेर्ने र पासवर्ड माग्दा नदिएपछि खुकुरी निकालेर घाटी रेटी हत्या गरेको सुनसरी प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ । घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो । भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैले राखेका थिए ।

प्रहरीले उनको साथबाट फुटाएको मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP