नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आलोपाले प्रधानमन्त्रीबारे मुख खोलेका छन् । माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्रीमा सहमति भएको चर्चा थियो । तर, ओलीले भने निरन्तर रुपमा आलोपालो सहमति नभएको भनेर खण्डन गरिरहेका छन् ।

उनले यसबारेमा फेशबुकमा लेखेका छन्-

हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रुपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ । आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ – ’तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?’ हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौं । राजनीतिलाई गुण÷दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौं, आलो÷पालो वा तेरो÷मेरोमा आधारित रहेर होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।

चल्न थाले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स


TOP