आइतबार , भाद्र १४, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ। बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।

‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP