शनिबार , असार १३, २०८३

जिल्ला अदालत चितवनले शालिन पोखरेले आत्महत्या प्रकरणमा पक्राउ परेको तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्लाको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

उक्त घट्नामा शालिनका परिवारले सोही विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमलप्रसाद शर्माविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत धरौटीमा रिहा भएर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले प्रिन्सिपल देवकोटालाई तीन लाख, भाइस प्रिन्सिपल अधिकारी र होस्टेलका वार्डेन शर्मालाई पाँच÷पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP