शनिबार , असार १३, २०८३

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद चन्द्र भण्डारीले प्रतिपक्षमा पुग्नेबित्तिकै कांग्रेसले संसद अवरुद्ध गर्ने भनेर छलफल थाल्नु गलत भएको टिप्पणी गरेका छन् । एक साताअघिसम्म सत्तापक्ष रहेको कांग्रेस अहिले सदनमा आक्रामक रुपमा प्रस्तुत भएको छ । कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गर्नेगरि चेतावनी दिएको र पार्टीले पनि त्यसरी तयारी थालेकोमा सांसद भण्डारीले आक्रोश पोखेका हुन् ।

डा. भण्डारीले मुलुक समृद्ध बनाउन राजनीतिक नेतृत्वले नयाँ तरिकाबाट सोच्न आवश्यक रहेको औंल्याए । आज (बिहीबार) को प्रतिनिधिसभाको बैठकमा भाग लिएर फर्किने क्रममा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भण्डारीले यस्तो बताएका हुन् । उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको भन्दै गुनासो पोखे ।

भण्डारीले भने,‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ । जसले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद् अवरुद्ध गर्नेबारे सोच्न मिल्दैन, सिद्धान्ततः सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नु हुँदैन । हामीले बहुदल ल्याएको ३४ वर्ष भयो, यो समयमा कुनैपनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ, तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’ file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP