शनिबार , भाद्र १३, २०८३

गैर आवसिय नेपाली संघ,नर्दन टेरोट्री नारी निकुन्ज को आयोजनामा अन्तरास्ट्रिय नारी दिवस को दिन पारि एक भब्य कार्यक्रम को आयोजना गरिएको छ। एनटि  मल्टी कल्चर अफैर मन्त्रि Hon Ngaree Ah Kit प्रमुख अतिथि रहेको उक्त कार्यक्रम ८ मार्च २०२४ मा डार्विन शहरमा रहेको Charles  Darwin University को एक भवन मा आयोजना गरिएको थियो।

एनटि  मल्टी कल्चर अफैर मन्त्रि Hon Ngaree Ah Kit ले पुराखबर संग कुरा गर्दै ठट्टा सैलिमा आफ्नो नाममा नारी आउने भन्दै, नेपालीहरु निकै मिलनसार भएको र महिला जहाँ जुन देशमा रहे पनि परिवार, कार्यालय हरेक क्षेत्रमा अब्बल हुने जानकारी गराउनु भयो। 

एनटि नारी  निकुञ्ज संयोजन प्रियासा नेपालका अनुसार कार्यक्रममा लैङ्गिक समानता र सशक्तिकरणका मुद्धा उठाइएको र प्रेरणादायक भाषणहरू, प्रदर्शनहरू, र छलफलहरू समावेश गरिएको थियो। उक्त कार्यक्रम मा बोल्ने अतिथिले आफ्नो जीवन मा भोगेका लैङ्गिक असमानता, पारिवारिक पृष्टभुमिका बारेमा जानकारी गराएका थिए।

गैर आवसिय नेपाली संघ,नर्दन टेरोट्री का अध्यक्ष संजिव ढकाल (गोर्खाली ) ले लैङ्गिक समानता र सशक्तिकरण समाबेश गरिएको यो कार्यक्रम पहिलो भए पनि अब आउदा दिनमा निरन्तरता दिदै लैजान पर्ने मा जोड दिनु भयो।  कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो। CDU मा अध्यनरत बिभिन्न देशका महिला र पुरुषको सहभागिता रहेको जानकारी पनि वहाले दिनु भयो।  

कार्यक्रममा स्थानीय स्तरमा ख्याति प्राप्त ब्यवसाही, राजनितिज्ञ, बिभिन्न देशका सामुदायिक व्यक्तिवले आफ्नो जीवनको संघर्स र सफलताको कथा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP