मंगलबार , बैसाख २९, २०८३

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गरेका छन्।

आइतबार प्रधान कार्यालयमा निरीक्षण गर्दै उनले प्रहरी अधिकृतहरूले कुनै पनि नेताको चाकडी गरेको देख्न, सुन्न नपरोस् भन्ने निर्देशन दिएका हुन्।

‘प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला। कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु। परेको चुनौती पनि व्यहोर्छु,’ उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस्।’

उनले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरूवा-बढुवाका लागि शक्ति केन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए। आफू पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरूवाका गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका थिए।

‘कुनै कर्मचारी सरुवा-बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ। त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, गर्नेछु,’ उनले भने, ‘म कुनै व्यक्ति विशेषको सरूवा-बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन। केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएको हुँ। त्यसमा तपाईंहरूको सहयोग मिल्नेछ भन्ने ठानेको छु।’

उनले आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन पनि अनुरोध गरे। निर्धक्क भएर आफ्नो अधिकारको प्रयोग गर्न र आफूले हस्तक्षेप नगर्ने पनि बताए। तर अन्य व्यक्तिहरूले नै संगठन चलाउने अवस्था आएमा भने आफूले हस्तक्षेप गर्ने बताए।

त्यसैगरी ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पुर्‍याउने उनको भनाइ थियो। यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP