मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नजिकिएसँगै सिटौलाले राजनीतिक दबाब बढाउनेगरि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनी पार्टीका महामन्त्री गगन थापा र प्रमुख सचेतकसमेत रहेका प्रभावशाली नेता रमेश लेखक लिएर बालुवाटार पुगेका थिए । सो भेटमा उनले आफूलाई धोका भएको विषय उठाउनुको साथै आगामी राजनीतिक यात्रा सहज नहुने भन्दै प्रचण्डलाई धम्कीपनि दिएको स्रोतको दाबी छ ।

सिटौला र प्रचण्डबीच शान्ति प्रक्रियाको थालनी भएदेखि नै सुमधुर सम्बन्ध रहेको छ । सो क्रममा उनले आफूलाई मात्रै नभएर प्रचण्डले कांग्रेसलाई नै धोका दिएको पनि सुनाएका थिए । राष्ट्रियसभाको निर्वाचनमा चुनावी मैदानमा उत्रिँदा नै सिटौलालाई अध्यक्षको उम्मेद्वारको रुपमा चित्रण गरिएको थियो ।

तर, राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा नै प्रचण्डले आफ्नै दलबाट उम्मेद्वार हुने भनिसकेका थिए । अहिले त प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेका छन् । एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस नेताहरु प्रचण्डसँग रुष्ट छन् । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP