सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नजिकिएसँगै सिटौलाले राजनीतिक दबाब बढाउनेगरि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनी पार्टीका महामन्त्री गगन थापा र प्रमुख सचेतकसमेत रहेका प्रभावशाली नेता रमेश लेखक लिएर बालुवाटार पुगेका थिए । सो भेटमा उनले आफूलाई धोका भएको विषय उठाउनुको साथै आगामी राजनीतिक यात्रा सहज नहुने भन्दै प्रचण्डलाई धम्कीपनि दिएको स्रोतको दाबी छ ।

सिटौला र प्रचण्डबीच शान्ति प्रक्रियाको थालनी भएदेखि नै सुमधुर सम्बन्ध रहेको छ । सो क्रममा उनले आफूलाई मात्रै नभएर प्रचण्डले कांग्रेसलाई नै धोका दिएको पनि सुनाएका थिए । राष्ट्रियसभाको निर्वाचनमा चुनावी मैदानमा उत्रिँदा नै सिटौलालाई अध्यक्षको उम्मेद्वारको रुपमा चित्रण गरिएको थियो ।

तर, राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा नै प्रचण्डले आफ्नै दलबाट उम्मेद्वार हुने भनिसकेका थिए । अहिले त प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेका छन् । एमालेसहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेस नेताहरु प्रचण्डसँग रुष्ट छन् । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP