सोमबार , भाद्र १५, २०८३

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे। साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

राजदूत थम्सनले आजै अर्थमन्त्री वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए । सो भेटवार्तामा राजदूत थम्पसनले नेपालको शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा अमेरिकाको सहयोग रहने विश्वास दिलाएका थिए । यस्तै, मन्त्री पुनले भने बैशाखमा हुने भनिएको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुलाई ल्याउनको लागि आग्रह गरेका थिए ।

शिष्टचार भेटवार्ता काठमाडौँ, २७ फागुन : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसन बीच आइतबार शिष्टचार भेटवार्ता गर्दै । तस्बिर : प्रदिपराज वन्त/रासस

शिष्टचार भेटवार्ता काठमाडौँ, २७ फागुन : अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसन बीच आइतबार शिष्टचार भेटवार्ता गर्दै । तस्बिर : प्रदिपराज वन्त/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP