आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । यसका लागि पार्टीभित्र छलफल सुरु भएको छ ।

आज (शनिबार) कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका थिए । उक्त बैठकमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको बताए । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका लागि अन्य दलहरुसँग पनि छलफल खुल्ला गरिएको बताए । अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने भने टुंगो लागिसकेको छैन ।

राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने र २९ गते मङ्गलबार मतदान हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP