मंगलबार , बैसाख २९, २०८३

महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा पाल्पाको राष्ट्रिय लोक भजन चुड्का सांस्कृतिक संस्था प्रथम भएको छ ।

प्रतियोगितामा सैनामैना रुपन्देहीको आरती भजन समूह द्वितीय भएको छ । यस्तै तृतीय सिद्धेश्वर शिवालय मन्दिर समूह र जनकल्याणकारी भजन समूह शुद्धोधन–२ हिरापुर तृतीय भएका छन् ।

सान्त्वना स्थानमा तिलोत्तमा भजन समूह तिनाउ ३ पाल्पा भएको छ । प्रतियोगितामा ११ समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहले नगद १२ हजार, द्वितीयले ८ हजार, तृतीयले ४-४ हजार र सान्त्वना स्थान प्राप्न गर्ने समूहले २ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा ८ वटा समूहले भाग लिएका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले यस्तो प्रतियोगिताले नेपाली कला, संस्कृति, धर्मको रक्षा तथा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले सिद्धबाबा मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै यसको प्रवद्र्धनको लागि प्रदेश सरकारले पूर्णरुपमा साथ र सहयोग प्रदान गर्ने बताएका थिए ।siddhababa temple.jpg

कार्यक्रममा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, उपाध्यक्ष अमरसिंह प्रधान, कार्यक्रम संयोजक गोपाल प्रसाद बस्याल, सचिव अरबिन्द्र पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम संयोजक बस्यालका अनुसार पहिलो पटक आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

प्रतियोगितामा ४० हजार भन्दा बढी श्रद्धालुहरुले मन्दिरमा पुजन गरेका छन् । मन्दिरमा भारतको गोरखपुर लगायतका स्थानबाट समेत श्रद्धालु भक्तजनहरु आएका थिए । मन्दिरमा यो बर्ष देखि भक्तालुहरुको लागि टोकन प्रणाली लागू गरिएको थियो । विहान ३ बजे देखि नै श्रद्धालुहरुले मन्दिरमा पुजाको लागि पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP