सोमबार , भाद्र १५, २०८३

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो कदमलाई लिएर असन्तुष्टि पोखेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया टुँगोमा पुर्याउनेगरि कदम नचालेको गुनासो पोखेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत बाबुरामले लेखेका छन्-

धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”!गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम , प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।

उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाॅचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे! अग्रगामी कि पश्चगामी उथलपुथल? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो?

जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुॅदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन?शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टाॅसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ?
लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस्!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP