आइतबार , भाद्र १४, २०८३

सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ।

जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। त्यसअनुसार आजै मन्त्रीहरू टुंगो लगाएर शपथ तयारी गरिएको बालुवाटारनिकट स्रोतले बताएको छ।

यसैबीच सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ । उनी उपप्रधानसहति भौतिक पूर्वाधार मन्त्री बनेर सरकारमा जाने भएका छन् । एमाले निकट स्रोतका अनुसार उनले सरकारको नेतृत्व गर्ने तय भएको र अन्य मन्त्री टुंगिन बाँकी रहेको छ ।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्।

अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP