शनिबार , असार १३, २०८३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूको गन्तब्य संघीय लोकतान्त्रिक गणतन्त्रमात्रै नभएर साम्यवाद भएको बताएका छन् ।

आज (सोमबार) सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालको आयोजनामा ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रि गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुको लक्ष्य र सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्गविहीन, शोषणविहीन, देशविहीन साम्यवादमा पुर्याउने रहेको बताए ।

साथै, माओवादी शान्तसँग बस्न नसक्ने शक्ति भएको बताए । उनले आफूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उथलपुथल ल्याउन सुझाव दिएको बताए । ‘माओवादी शान्त ढङ्गले बस्न नसक्ने शक्ति हो । आज यहाँ प्रचण्ड कमरेड पनि आउनु भएको छ । मैले त चलाउनुस् भन्ने सुझाव पहिलेदेखि कै हो । उथलपुथल पार्नपर्छ क्या,’– उनले भने ।

साथै, जनताहरु चिच्याइरहेको, युवाहरु छट्पटाइरहेको, श्रमिक समुदायहरु अन्योलमा परेको र देशभक्तहरु छट्पटाइरहेको भन्दै उनले माओवादी क्रान्तिकारीहरु चुप लागेर बस्न नसक्ने बताए । देशमा जनतालाई दुःख परेको बेला बलिदानी दिन सक्ने शक्ति कम्युनिष्टहरुसँग मात्रै रहेको बताए । उनले आफूहरुलाई रुढीवाद र पछ्यौटेपन स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP