बुधबार , बैसाख १०, २०८२

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)बारे छलफल गर्नका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । समितिको बैठक सोमबार बिहान ७ः४५ मा बस्ने छ ।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक बोलाइएको हो । ओली र रवि टिआरसी विधेयकको विषयमा लचिलो देखिएका छन् ।

यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ ।

आइतबार बसेको समितिको बैठकमा पनि टिआरसी विधेयका विषयमा छलफल भएको थियो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक टुङ्ग्याउन थप समय माग गरेका थिए ।

कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP