सोमबार , जेठ २७, २०८२

नेपाली कांग्रेसका नेता रमेश लिङ्देनले उपनिर्वाचनमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेको उपनिर्वाचनमा उनले उम्मेदवारी उद्घोष गरेका हुन् । कांग्रेसको पक्षमा परिणाम ल्याउन उक्त ठाउँमा आफू उपयुक्त पात्र भएको उनले बताए । नेता लिङ्देनले आफू इलाम–२ को सबै ठाउँका जनतासँग परिचित रहेकोसमेत बताए ।

‘यो विषय पार्टीलाई छोडिदिऊँ । पार्टीले दिने नदिने पार्टीको कुरा भयो । मेरो अपील र अनुरोध पार्टीलाई के हो भने यदि परिणाम निकाल्नु छ, नेपाली कांग्रेसको पक्षमा परिणाम निकाल्नु छ भने म उपयुक्त विकल्प हो । लगभग म चुनाव जित्छु । इलाम–२ को सबै ठाउँमा परिचित छु । गाउँमै बस्छु । भुईँ मान्छे नै हुँ । म परिणाम पार्टीलाई दिन्छु,’– उनले भने ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा इलाम–२ बाट निर्वाचित भएका नेकपा (एमाले) का नेता एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । साथै, एमालेले त्यहाँ स्वर्गीय नेता सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने सम्भावनाबारे चर्चा भइरहेको छ ।

@Source:RepotersNEpal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP