सोमबार , जेठ २७, २०८२

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बोल्नै नपर्ने बेला कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे बोलिएको बताएका हुन् ।

‘जनयुद्धकै बारेमा अहिले बेमौसमको बाजा, बोल्नै नपर्ने बेलामा किन बोलेको हो ? भन्ने प्रश्न उठेको छ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्तावमा माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्धलाई ‘माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व’ भनी उल्लेख गरिएको थियो । साथै, ‘अनाहक सशस्त्र हिंसाको राजनीति शुरु भयो’ भनेर माओवादी १० वर्षे सशस्त्र युद्धको औचित्यमाथि नै प्रश्न उठाइएको थियो ।

‘तत्कालीन उग्रवामपन्थीहरूले त्यो उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन् । कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति शुरु भयो । सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो । विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो । ध्वंश विध्वंशहरू भए । विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो । यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन,’– उपसभापति खड्काले पेश गरेको प्रस्तावमा भनिएको छ ।

महासमिति बैठकमा पेश भएको उक्त प्रस्तावलाई लिएर माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समेत प्रश्न उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP