आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि घटनाक्रम भिन्न ढङ्गले अगाडि बढेको बताएका छन् । आज (बिहीबार) चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हार र कांग्रेस महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बताएका हुन् ।

‘सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृुष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहीँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो,’– उनले भने ।

पार्टी स्थायी कमिटीको बैठकमा अत्याधिक सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले छोड्न हुँदैन भन्ने सुझाव राखेको उनले बताए । तर, औपचारिक रुपमा लिखित निर्णय भने नभएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP