शनिबार , जेठ ३२, २०८२

काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ गरिएकाहरुलाई मुद्दा चलाइने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्,‘अराज गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ ।’

संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीहरुविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने भएको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 109 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु