शनिबार , असार १३, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरुलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमा देखिएको टिप्पणी गरेका छन् ।

अख्तियारले दिएको मुद्दामा हालै हालै ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले मन्त्रीहरुलाई सफाइ दिएको थियो भने कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

मंगलबार अख्तियार प्रमुख प्रेमकुमार राई उपस्थित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा अध्यक्ष लिङ्देनले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताए ।

‘अख्तियार राजनीति क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुन्ने वा तह लगाउनसम्म सक्ने देखिएको छ । यसले के आतंक सिर्जना भएको छ भने अब काम गर्दा कर्मचारी परिन्छ, नेता उम्किने कर्मचारी थुनिने भएपछि हामीले फाइल किन बढाउने भन्ने परेर झन् ठूलो नोक्सानी भएको छ’, उनले भने ।

नेता लिङ्देनले अख्तियारले राजनीतिक दलका नेतालाई कारबाही गर्न के कठिनाइ भएको छ भन्ने प्रश्न पनि गरे । ‘के सहयोग चाहियो, के भएर अख्तियार बन्धक भएर बसेको छ ?’, लिङ्देनले सोधे ।

सामान्य आँखाले देख्दा पनि छोड्नै नमिल्ने विषयमा अख्तियारले राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिइरहेको आफूले पाएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा पटक पटक भएको छलफल र निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइएको छ भनेर टिप्पणी उठाइएको छ, अख्तियारले सिफारिस गर्दा प्रधानमन्त्रीलाई छोएको छैन’, लिङ्देनले कुन मुद्दा भन्ने किटान नगरी समिति बैठकमा भने ।

प्रधानमन्त्रीले सचिव र महानिर्देशकलाई बोलाएर दिएको निर्देशनलाई पनि नीतिगत निर्णय भनेर उन्मुक्ति दिएको हो भन्ने उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP