शनिबार , असार १३, २०८३

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको छानबि अन्तिम चरणमा पुगेको बताएका छन् ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त प्रकरणको छानबिन कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै विशेष अदालतमा मुद्दा दर्ता तयारी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’

यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।

त्यस्तै प्रमुख आयुक्त राईले तत्काली सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोडको प्रकरणमा पनि छानबिन भईरहेको जानकारी गराए । उनले आरोप प्रमाणीत नभएसम्म कसैलाई पनि मुद्दा दायर नगरिने प्रष्ट पारेका छन् ।

सेक्युरिटि प्रेस प्रिन्टिङ प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर (मुद्दा) लैजान हुँदैन ।’

टेरामक्स प्रकरणमा मुछिएका मन्त्री बस्नेतलाई बखास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले दिनहुँ सदन अवरुद्ध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP