शुक्रबार , बैसाख १९, २०८२

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको छानबि अन्तिम चरणमा पुगेको बताएका छन् ।

मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त प्रकरणको छानबिन कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै विशेष अदालतमा मुद्दा दर्ता तयारी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’

यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।

त्यस्तै प्रमुख आयुक्त राईले तत्काली सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोडको प्रकरणमा पनि छानबिन भईरहेको जानकारी गराए । उनले आरोप प्रमाणीत नभएसम्म कसैलाई पनि मुद्दा दायर नगरिने प्रष्ट पारेका छन् ।

सेक्युरिटि प्रेस प्रिन्टिङ प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्‍याएर (मुद्दा) लैजान हुँदैन ।’

टेरामक्स प्रकरणमा मुछिएका मन्त्री बस्नेतलाई बखास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरु नेकपा एमाले, रास्वपा र राप्रपाले दिनहुँ सदन अवरुद्ध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP