सोमबार , जेठ २७, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे संसद् चल्न नदिने बताएका छन् । आज (आइतबार) मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका लिङ्देनले यस्तो उद्घोष गरेका हुन् ।

सरकार ‘पीडितहरुको बोलिदिने कोही छैन, दुई/चार दिन कराउँछन्, जान्छन्’ भन्ने हिसाबले बसिरहेको उनले बताए । नेता लिङ्देनले आफू भुँइ मान्छे भएकाले पीडितहरुको कुरा बुझ्न सक्ने बताए । उनले पीडितको पीडा राप्रपाले राम्रोसँग अनुभूति गरेको उनको भनाइ छ ।

मिटरब्याज देशको साझा समस्या भएको उनको भनाइ छ । राप्रपाले मिटरब्याज पीडितहरुको माग र आन्दोलनलाई एकदमै नजिकबाट हेरिराखेको उनले बताए । आफूहरुले मिटरब्याज पीडितहरुको मागप्रति संसद्मा पनि ऐक्यवद्धता जनाएको विधेयक पास गर्नसमेत सहयोग गरेको अध्यक्ष लिङ्देनले बताए । विधेयक पास भएपछि समस्या समाधान हुनुभन्दा पीडितहरु झनै प्रताडित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘गएको संसद्मा हामीले तपाईँहरुको आन्दोलनप्रति ऐक्यवद्धता पनि व्यक्त गर्यौं । सरकारलाई न्यायका निम्ति माग पनि गर्यौं । छिटोभन्दा छिटो मिटरब्याज पीडित सम्बन्धि विधेयक पास गर्न पनि सरकारलाई सहयोग गर्यौं,’– अध्यक्ष लिङ्देनले भने ।

लिङ्देनसँगै राप्रपाका अन्य सांसद्हरु रोशन कार्की, धवल शमशेर जबरा, दीपक बहादुर सिंह, विना लामा, अनिशा नेपालीलगायतले मिटरब्याज पीडितहरुको प्रदर्शनस्थलमा पुगेर ऐक्यवद्धता जाहेर गरेका छन् ।

मिटरब्याज पीडितहरु गत बुधबार २३ दिन पैदल हिँडेर काठमाडौं केन्द्रीत आन्दोलनमा आइपुगेका थिए । उनीहरुको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि प्रदर्शनस्थल पुगेर ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP