शुक्रबार , बैसाख १९, २०८२

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा.नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको न्याय परिषद्को बैठकले विवादमा मुछिएका न्यायाधीशद्वयलाई कारबाही गरेको हो । न्यायाधीशद्वयको बर्खास्तीका लागि सर्वोच्च अदालतमा पत्र पठाउने निर्णय भएको बताइएको छ ।

न्याय परिषद्ले विवादमा मुछिएका उच्च अदालतका एक जना र जिल्ला अदालतका तीन जना न्यायाधीशमाथि छानविन प्रक्रिया अगाडि बढाएको थियो । विवादमा मुछिएपछि जिल्ला अदालतका परशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् । न्याय परिषद्ले परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ ।

न्यायाधीश थपलियाविरुद्ध निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोप लागेको थियो । त्यसैगरी जिल्ला अदालतका न्यायाधीश निरौलाविरुद्ध अपहरण गरी फिरौती लिने समूहका अभियुक्तलाई मिलेमतोमा छाडेको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP