मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकार संसद् छलेर भागिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले संसद्मा प्रमुख प्रतिपक्षी र प्रतिपक्षले उठाएका विषयहरुको जवाफ नदिएर सरकार संसद् छलेर भागेको बताएका हुन् । उनले आगामी बैठकमा बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीहरुलाई कारबाही गरेको जवाफसहित संसद्मा आउन प्रधानमन्त्रीलाई आग्रह गरे । नेता बर्तौलाले प्रधानमन्त्री आएर संसद्मा जावाफ दिने वातावरण नबने नाकमा नथी लगाएर ल्याउने परिस्थिति निर्माण गर्नसमेत चेतावनी दिए ।

‘सरकार आज भाग्ला, ६ गतेदेखि भाग्दैछ । हिजो पनि भाग्यो, आज पनि भाग्यो । १३ गते भाग्ला, १४ गते भाग्ला । कति गतेसम्म भाग्दै जानुहोला ? सम्माननिय प्रधानमन्त्रीज्यू हामीसँग यति तागत छ, नाकमा नथी लगाएर संसद्मा ल्याउनु पर्ने परिस्थितिमा प्रमुख प्रतिपक्षीलाई र प्रतिपक्षीलाई नपुर्याइयोस्,’– उनले भने ।

एमालेले बालकुमारी घटना छानविनका लागि गठित आयोगले दोषी देखाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नाराणकाजी श्रेष्ठ, टेरामक्स घोटला प्रकरणमा अख्तियारमा बयान दिएर आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको रामग्राम जग्गा लिज प्रकरणमा जोडिएका संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP