अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । तर, पढ्न नचाहने अनि कमाउने चाहनेहरुले विभिन्न बहानामा मानव ओसारपसार पनि गराइरहेकै हुन्छन् । यही मेलोमा यहाँको नेपालीहरुको प्रतिनिधिमूलक संस्था एनआरएन अष्ट्रेलियाको नामको समेत दुरुपयोग भएको प्रमाण प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेडमा वर्तमान अध्यक्ष अनील पोखरेलको हस्ताक्षर सहित एक व्यक्तिलाई अष्ट्रेलिया आउने निम्ता मात्र गरिएको छैन । उसको आतेजाते टिकटसहित यहाँ बस्ने लगायत सम्पूर्ण व्यवस्थापन पनि एनआरएनले नै गर्ने लेखिएको छ । यो पत्र सहित भिसा अप्लाई गर्दा भिसा नलागेपछि यो प्रकरण बाहिर आएको हो ।

पत्रमा आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको छ ।उनलाई नक्कली पुरोहित बनाएर यहाँ ल्याउने गिरोहले यस्तो कार्य गरेको पाइएको हो ।

अष्ट्रेलियाको कानून अनुसार नक्कली कागजपत्र बनाउने, पेश गर्ने लगायतको काम फौजदारी अभियोग बन्दछ । जसमा राज्यले नै अपराधीलाई कारवाहीको दायरामा ल्याउनका लागि मुद्दा दायर गर्दछ । साथै, यस्तो कार्यमा संलग्न भएको व्यक्ति या समूहलाई प्रमाणित भएको अवस्थामा देश निकालासम्मको कारवाही हुने गर्दछ । यस्तो मुद्दामा जरिवाना तथा जेल सजाय समेत हुन्छ ।

पछिल्लो समय नेपाली समूदायका नाममा खोलिएका विभिन्न संघ संस्थामा कलाकार, पत्रकार या मनोरञ्जनकर्ताको नाममा आफन्तलाई बोलाउने या रकम लिएर यस्तो काम गर्ने र यहाँ आइसकेपछि विद्यार्थी भिसामा परिवर्तन गरिदिने लोभ देखाउने गरेका घटनाहरु भइरहेको सूचना आएपछि प्रमाणसहित भने यो एनआरएन फर्जीकाण्ड बाहिरिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आफ्नो लेटरहेड दुरुपयोग गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विहिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनएको लेटरहेड दुरुपयोग गरेर नेपालबाट पण्डित बोलाउन खोजिएको र भिजा पनि अप्लाई गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको पत्रमा एनआरएनएको लेटरहेड र यसका अध्यक्ष पोखरेले हस्ताक्षर दुरुपयोग गरिएको पाइएको छ ।

अध्यक्ष पोखरेलले उक्त नक्कली पत्र बनाएर भिजा अप्लाइ गरिएको विषयमा अष्ट्रेलियाको इमिग्रेसन विभाग र संघीय प्रहरीमा रिपोर्ट गरि कारवाहीको माग गरिएको छ ।

पछिल्लो समय नेपालबाट नक्कली कलाकार, पत्रकार, खेलाडी बनाएर अष्ट्रेलिया बोलाउने र विद्यार्थी भिजा अप्लाई गरिदिने भन्दै लाखौं रकम असुली भइरहेको भेटिएको छ ।

Source PIC KBCKHABAR and NRNA Aus

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।

चल्न थाले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स


TOP