शनिबार , असार १३, २०८३

सत्तारूद दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशले नयाँ कोर्षको माग गरेको टिप्पणी गरेका छन् । उनले अहिलेको सत्ता गठबन्धन सरकारप्रति पार्टीमा ठूलो असन्तुष्टि रहेको पनि बताएका छन् । पछिल्लो समय कांग्रेस र माओवादीबीच खटपट सुरु भएको चर्चा चलिरहेको बेलामा सत्ता गठबन्धनको मुख्य घटक एकीकृत समाजवादीका सम्मानित नेता खनालले देशले नयाँ कोर्सको माग गरेको औंल्याएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीपनि हिजोमात्रै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर सहकार्यको प्रस्ताव गरेको बताईएको छ । यस्तो अवस्थामा खनालले नयाँ कोर्षको आवश्यकत्ता औंल्याएका हुन् । आज (बुधबार) ओलीको गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

उनले भने,‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’
file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP