शनिबार , असार १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन् । महामन्त्री थापाले आगामी निर्वाचनअघि कसैसँग पनि गठबन्धन नगरी चुनाव लड्नुपर्ने प्रस्ताव पेश गरेका छन् । उनको उक्त प्रस्ताव महासमिति बैठकमा पेश हुनु अगावै सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । देउवाको असन्तुष्टिका वाबजुद पनि उनले उक्त प्रस्ताव महासमितिमा पेश गरेका हुन् ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको अबस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसंग तालमेल गर्ने कुरा स्वभाविक हुने उनले उल्लेख गरेका छन् । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने उनले उद्घोष गरेका छन् ।

‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरु, सुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौं,’– उनले भने ।

कांग्रेसका नेता तथा कार्यकर्तालाई चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने व्यवस्था सुनिश्चित हुने उनको दाबी छ । कांग्रेसकै संगठनलाई थप सिर्जनशील बनाएर एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गराउनेतर्फ लाग्नुपर्ने उनले प्रस्तावमा उल्लेख गरेका छन् ।

https://drive.google.com/file/d/1fPJ_fNW7FmYOFLzXeClkXxnMmYHFgOt9/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP