मंगलबार , बैसाख ९, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रम मात्र होइन, पार्टीका आन्तरिक बैठकहरुमा सरकारको खरो आलोचना गर्छन् । सरकारको कामकारबाहीलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाउँछन् ।

तर संसदमा हुने प्रश्नउत्तरमा भने उनले प्रधानमन्त्री प्रचण्डलाई कुनै प्रश्न नसोध्ने भएका छन् ।

प्रतिनिधिसभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था छ ।

एकै पटक सबै सांसदसँग प्रश्न माग गर्दा व्यवस्थापकीय अप्ठ्यारो हुने भएकाले संसद सचिवालयले संसदहरुको क्रमसंख्याको आधारमा एक पटकमा बढीमा १५ जना सांसदको प्रश्न लिने गरेको छ ।

साथै सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न अग्रिम रुपमा संसद सचिवालयलाई टिपाउनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयका अनुसार आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी आइतबार हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउन क्रम संख्या ३४ देखि ४८ सम्मका सांसदसँग प्रश्न माग गरिएको थियो ।
यो क्रम संख्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम पनि समावेश छ ।

प्रश्नउत्तरमा भाग लिन पाउने सांसदहरुलाई प्रश्न टिपाउन बुधबारसम्म समय तोकिएको थियो ।

संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार १३ वटा प्रश्न प्राप्त भएको छ, जुन संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइसकेको छ ।

तर एमाले अध्यक्ष ओलीको तर्फबाट कुनै प्रश्न प्राप्त नभएको प्रवक्ता गिरीले जानकारी दिए ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका ओलीले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न किन नदिएको भन्ने प्रश्नमा एमालेका सचेतक महेश बर्तौलाले पार्टीका तर्फबाट अन्य सदस्यहरुले प्रश्न सोध्ने बताए । उनी भन्छन्, ‘सामान्यतया प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा पूर्वप्रधानमन्त्री सहभागी हुने अभ्यास छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP