आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक शुक्रबार बिहान ९ बजेबाट बस्ने जनाइएको छ ।

बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए ।

आज बस्ने बैठकमा बिहीबार बसेको बैठकमा आएका प्रस्तावमाथि छलफल हुनेछ । महासमिति बैठकमा प्रस्तुत गरिने तिनै प्रस्तावमाथि आज केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन् भने छलफलबाट आउने निष्कर्षहरु महासमिति बैठकमा पेश गरिनेछ ।

बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP