बिहिबार , बैसाख ११, २०८२

काठमाडौँ । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयात निर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो ।

भारतले कच्चा पाम र भटमासको भन्सार महसुल नलाग्ने व्यवस्था गरेपछि भारतीय व्यापारीले सोझै यी वस्तुको आयात गर्दा नेपालले प्राप्त निर्यातको अवसर गुमाएको देखिन्छ । जसले गर्दा आर्थिक वर्ष २०७८/७९ को छ महिना (साउन–पुस) मा यी दुई वस्तु ६६ अर्ब रुपियाँभन्दा बढीको निर्यात भएकामा चालु आवको सोही अवधिसम्म तीन अर्ब रुपियाँ पनि पुग्न सकेको छैन । दुई वर्षको अन्तरालमै यी दुई वस्तुको समग्र आयात नै ६३ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।

गत आवको सोही अवधिको तुलनामा पनि यी दुई वस्तुको निर्यात चालु आवमा २३ अर्ब रुपियाँले घटेको देखिन्छ । आव २०७९/८० को छ महिनामा करिब २६ अर्ब रुपियाँ बराबरको यी वस्तुको निर्यात भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP