मंगलबार , जेठ २८, २०८२

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरका विषयमा यातायात व्यवसायीबीच शनिबार बिहान झडप भएको छ। झडपमा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकमा रहेको भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रालिका व्यवसायीबीच झडप भएको हो।

बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ ।त्यसपछि दुई समूहबीच झडप भएको थियो । दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायात व्यवसायी नाममा एलायन्स बनाएका छन् ।

भिजिट कर्णाली यातायातका प्रकाश खड्काले यी पुराना व्यवसायीहरुले संयुक्त यातायातका नाममा सिन्डिकेट चलाएको आरोप लगाएका छनु ।प्रहरीका अनुसार घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP