शुक्रबार , असार १२, २०८३

काठमाडौं । खुलामञ्चमा फुटबल मैदान बनाउने काठमाडौँ महानगरपालिकाको  तयारीको विरोध भएको छ । खुल्लामञ्चलाई खेलमैदान बनाउने महानगरको नीतिविरुद्ध स्थानीय बासिन्दा र संरक्षणकर्मी प्रदर्शनमै उत्रिएका छन् ।

शुक्रवार पूर्व प्रधामन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू भीमसेनदास प्रधान, सुमन सायमी, हिसिला यमी, नागरिक अगुवा केदारभक्त माथेमा पत्रकार ऋषि धमला लगायत विरोध प्रदर्शनमा उत्रिए ।  खुलामञ्च खुला रहन देऊ, पुर्खाको नासो, जनताको हक लगायत नारा लेखिएका पम्पलेट बोकेर उनीहरुले विरोध जनाए  ।

विरोध कार्यक्रमपछि नेसपाका अध्यक्ष भट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र सङ्गठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताए ।

‘खुलामञ्चलाई खुलै रहन दिऊँ। यो पञ्चायत कालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’

जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न उनको आग्रह छ । ‘हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभ सङ्केत हैन,’ भट्टराईले प्रदर्शन पछि सामाजिक सञजालमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP