बुधबार , जेठ २९, २०८२

काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा आज (शुक्रबार) ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रले सूचना जारी गरी शुक्रबार बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् आपुर्ती बन्द हुने जानकारी दिएको हो।

चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको लगनखेल वितरण केन्द्रले जनाएको छ।

यसबाट गोदावरी नगरपालिकाका ५, ६, ११, १२ र १३ नम्बर वडाका साथै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानमा विद्युत् आपुर्ती बन्द हुने छ।

निर्धारित समय अगावै मर्मतको काम सकिए तोकिएको समयअघि नै विद्युत् लाइन आउने पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP