शुक्रबार , असार १२, २०८३

काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा आज (शुक्रबार) ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रले सूचना जारी गरी शुक्रबार बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् आपुर्ती बन्द हुने जानकारी दिएको हो।

चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको लगनखेल वितरण केन्द्रले जनाएको छ।

यसबाट गोदावरी नगरपालिकाका ५, ६, ११, १२ र १३ नम्बर वडाका साथै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानमा विद्युत् आपुर्ती बन्द हुने छ।

निर्धारित समय अगावै मर्मतको काम सकिए तोकिएको समयअघि नै विद्युत् लाइन आउने पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP