मंगलबार , बैसाख २९, २०८३

एजेन्सी । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो ।

उनीहरुले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । समाचारअनुसार विजय र रश्मिका हाल लिभइन रिलेसनमा छन् । उनीहरु आफ्नो सम्बन्धमा खुशी छन् । दुवै जनाले फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने भनिए पनि कार्यव्यस्तता र आफ्नो करियरमा ध्यान दिनुपर्ने भएकाले अहिले इन्गेजमेन्टलाई केही पर सारेका छन् । दुवैले ‘गीता गोविन्दम’ र ‘डियर कामरेड’ मा काम गरेका छन् । उनीहरुको अनस्क्रिन क्यामेष्ट्रीलाई दर्शकले निकै मनपराएका छन् ।

कामको कुरा गर्दा रश्मिका पछिल्लो पटक ब्लकबस्टर फिल्म ‘एनिमल’ मा देखिएकी थिइन् । उनले फिल्ममा रणवीर कपूरको अपोजिटमा अभिनय गरेकी थिइन् । फिल्मले विश्वव्यापी रुपमा नौ सय करोडको कमाई गरिसकेको छ । उनी हाल अल्लू अर्जुनका साथ फिल्म ‘पुष्पा : द रुल’ को सुटिङमा व्यस्त छिन् । यसका अलावा उनको हातमा ‘रेनबो’, ‘द गलफ्रेण्ड’ जस्ता फिल्म छन् । विजय ‘फेमिली स्टार’ र ‘भीडी १२ मा देखिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP