मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घूसहित  रंगेहात पक्राउ परेका छन्।
उनी बुधबार भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेका हुन् । घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।

वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोट र ह्युन्डाईको आईटेन कार पनि बरामद भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।  साथै चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको घिमिरेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP