शुक्रबार , असार १२, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । युगाण्डाको कम्पलामा असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र कुनै पनि देशको सुरक्षा सम्झौता नेपालले स्वीकार नगर्ने बताएका हुन् ।

‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैनौं र कुनै पनि देशको सुरक्षा सम्झौताको हिस्सा हुन पनि स्वीकार गर्दैनौं,’ बैठकमा सम्बोधन गर्ने क्रममा मन्त्री साउदले भने, ‘हामी सधैं स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं ।’

आगामी ५ र ६ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा भाग लिन मन्त्री साउद युगान्डाको राजधानी कम्पाला पुगेका हुन् ।  मन्त्री साउदले विश्वव्यापी समृद्धिका लागि गहिरो साझेदारी हुनुपर्ने बताए । ‘नाम’ एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको भन्दै झण्डै सात दशकको यात्रामा यो संगठन साझा मूल्यहरूको बारेमा सचेत रहेको समेत धारणा राखे ।
असंलग्न आन्दोलन संगठित भएको ७ दशकमा सदस्यराष्ट्रहरू साझा मूल्यप्रति सचेत रहेको भन्दै त्यसैले एकताबद्ध गरेको धारणा साउदले राखे । यस अवधिमा सदस्य राष्ट्रहरूले सधैँ राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, पारस्परिक सम्मान र लाभसाथै अन्तर्राष्ट्रिय सम्बन्धमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी गरेको उनले बताए ।

रसिया–युक्रेन युद्ध र प्यालेस्टाइन–इजरायल युद्धतर्फ संकेत गर्दै साउदले विश्वले खराब परिस्थितिको सामना गरिरहेको बताए । उनले कोरोना महामारी, जलवायु परिवर्तन, युद्ध, मूल्यवृद्धि, मुद्रास्फीति र आर्थिक ऋण वर्तमान विश्वका लागि चुनौती भएको समेत उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP