बिहिबार , जेठ ३०, २०८२

काठमाडौं । सन्दीप लामिछानेबाट पीडित युवतीको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो ।

राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको ब्यूरोले जनाएको छ ।  यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP