मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रहरीले काठमाडौंमा घर भाडामा लिएर नक्कली मदिरा  उद्योग चलाईरहेको गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ५ थलीस्थित एक घरभित्र नक्कली मदिराको कारखाना भेट्टाएको हो।  कारखानामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार छापा हानेको थियो।

कागेश्वरी मनोहरा-५ थलीस्थित भरत थापाको २ तल्ले पक्की घरमा विनोद कुमार कार्कीले भाडामा लिएर नक्कली मदिराको कारखाना चलाएको भेटिएको हो।  पक्राउ पर्नेमा रामेछाप, खाँडादेबी गाउँपालिका वडा नं ०२ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की,सिन्धुपाल्चोक, चौतारा गाउँपालिका वडा नं.३ का हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की,सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ९ का मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका -३ का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नं. .६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी  छन् ।

 

nakkali_madira_.jpg
 

उक्त कारखाना चलाउने विनोद कार्कीसहितका ९ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।प्रहरीका अनुसार कार्की नेतृत्वको गिरोहले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू बनाई कालोबजारी गर्ने गरेको खुलेको छ। त्यसैगरी आन्तरिक राजस्व कार्यालयका अन्तशुल्कका नक्कली स्टिकरहरु प्रयोग गरेर ती मदिरा बजारमा पठाउने गरेको पनि प्रहरीले पत्ता लगाएको छ।

कार्कीले भाडामा लिएको घरमा खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक बनाइरहेको अवस्थामा भेटिएको हो। प्रहरीले उक्त घरबाट मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तशुल्कका स्टिकर, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामान पनि बरामद गरेको छ।

स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू यो गिरोहले प्रचलित बजार दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पनि अपराध अनुसन्धान कार्यालयले पत्ता लगाएको छ। अपराध अनुसन्धान कार्यालयले नक्कली मदिरा बेच्ने गिरोहविरुद्ध यसअघि पनि कारबाही चलाइसकेको छ। पहिलो पटक २०७८ माघ १० गते र दोस्रो पटक २०७९ माघ १४ गते यस्तै कारबाही कार्यालयले चलाएर ठूलो परिमाणको नक्कली मदिरा बरामद गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP