बिहिबार , जेठ ३०, २०८२

काठमाडौं । विभिन्न नम्बरबाट फोन गरेर १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्काएको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देही घर भई भरतपुर महानगरपालिका वडा नं १ मा व्यवसाय गरेर बस्ने करन गुप्तालाई बारम्बार  फोन गरेर रकम  मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दैं लोभ्याएर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका-१ का २६ वर्षीय दिपक वि.क.भरतपुर महानगरपालिका-२६ बस्ने वर्ष २५ को सागर बि.क. छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP