बिहिबार , जेठ ३०, २०८२

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरामा सञ्चारलाई थप व्यवस्थित गर्न सञ्चार सेट वाकिटकि प्रयोग गर्न थालिएको छ । मन्दिर सहित केहि ठाउँमा पुर्णरुपमा मोवाईल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।

पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारीबीचमा सहज सञ्चार मार्फत समन्वय बढाउने साथै संगठित कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्धेश्यले उक्त वाकिटकि सञ्चार सेट सञ्चालन गरीएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । वाटिटकि सञ्चारले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने क्षेत्र विकास समितिको दाबी छ ।

पाथीभरा मन्दिर सहित पदमार्गका कतिपय स्थानमा मोवाईल फोनको नेटवर्क नआउने लगायतका समस्या छन् । पाथीभरा क्षेत्रमा भक्तजनको गणना गर्ने, स्वास्थ्यकर्मी, सरसफाई गर्ने, पुजाआजा व्यवस्थापन गर्ने, भेटीघाटी व्यवस्थापन गर्ने लगायतका कर्मचारी खटिएकाछन् ।

उक्त सञ्चार सेटहरु ति मध्येका केहि कर्मचारीले प्रयोग गर्ने छन् भने पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा रहेका कर्मचारी र पाथीभरा क्षेत्र विकास समितिका पदाधीकारीले समेत प्रयोग गर्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार उक्त वाकिटकि सहित बेस स्टेशनका लागि लाइसेन्स लिने लगायतका सबै कानुनी प्रकृया पुरा गरी टावर जडान गरेर प्रयोगमा आएको हो । अब भने पाथीभरा मन्दिर सहित आवश्यक ठाउँबाट पाथीभराको हरेक गतिविधिबारे सहज रुपमा सुचना आदान प्रदान हुने क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP