शुक्रबार , असार १२, २०८३

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरामा सञ्चारलाई थप व्यवस्थित गर्न सञ्चार सेट वाकिटकि प्रयोग गर्न थालिएको छ । मन्दिर सहित केहि ठाउँमा पुर्णरुपमा मोवाईल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।

पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारीबीचमा सहज सञ्चार मार्फत समन्वय बढाउने साथै संगठित कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्धेश्यले उक्त वाकिटकि सञ्चार सेट सञ्चालन गरीएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । वाटिटकि सञ्चारले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने क्षेत्र विकास समितिको दाबी छ ।

पाथीभरा मन्दिर सहित पदमार्गका कतिपय स्थानमा मोवाईल फोनको नेटवर्क नआउने लगायतका समस्या छन् । पाथीभरा क्षेत्रमा भक्तजनको गणना गर्ने, स्वास्थ्यकर्मी, सरसफाई गर्ने, पुजाआजा व्यवस्थापन गर्ने, भेटीघाटी व्यवस्थापन गर्ने लगायतका कर्मचारी खटिएकाछन् ।

उक्त सञ्चार सेटहरु ति मध्येका केहि कर्मचारीले प्रयोग गर्ने छन् भने पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा रहेका कर्मचारी र पाथीभरा क्षेत्र विकास समितिका पदाधीकारीले समेत प्रयोग गर्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार उक्त वाकिटकि सहित बेस स्टेशनका लागि लाइसेन्स लिने लगायतका सबै कानुनी प्रकृया पुरा गरी टावर जडान गरेर प्रयोगमा आएको हो । अब भने पाथीभरा मन्दिर सहित आवश्यक ठाउँबाट पाथीभराको हरेक गतिविधिबारे सहज रुपमा सुचना आदान प्रदान हुने क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP