
काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्रै आत्मदाह प्रयास गरेकी छन् ।
‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर सर्वोच्च छिरेकी उनले पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकीहुन । तर , आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे । त्यसपछि अर्धचेत देखिएकी आरतीलाई तत्काल नियन्त्रणमा लिई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको आरोप छ। उनीमाथि कारबाहीको माग राखी आरतीले विरोध प्रदर्शन गर्दै आएकी छिन्। यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।