मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको र तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्न गएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीको तथ्यांक सोमबार सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो । उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए ।

तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ ।

तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९१५ जनाले नेपाल छाडेका छन् । तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।

रोजगारीका लागि देश छाड्ने नेपालीको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् ।

Immigration-Data-2023_nepali.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP