शनिबार , जेठ ३२, २०८२

काठमाडौं। प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ ।

बचतकर्ताको बचत फिर्ता नगरेपछि गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक  प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभागमा राखिएको छ ।

सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । उनीहरु सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको पीडित सङ्घर्ष समितिअन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 116 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP