मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । जर्मनी फुटबल लेजेण्ड फ्रेञ्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ ।परिवारले एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो ।

‘गहिरो दुःखको साथ हामी घोषणा गर्दछौं कि मेरो श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकेनबावरको हिजो आइतबार परिवारको साथमा शान्तिपूर्वक निधन भयो,’ परिवारको विज्ञप्तिमा लेखिएको छ।

विश्व फुटबलकै उत्कृष्ट मध्येका एक बेकनबाउरले जर्मनीबाट दुईपटक विश्वकप जितेका थिए । उनले सन् १९७४ मा आफ्नो कप्तानीमा पश्चिम जर्मनीबाट विश्वकप उपाधि जितेका थिए । यस्तै १९९० मा प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तीनमध्ये एक हुन् । उनी बाहेक ब्राजिलका मारियो जागोला र फ्रान्सका डिडियर डेसच्याम्पले पनि दुई भूमिकामा उपाधि जितेका थिए । त्यसमध्ये पहिलो जागोलोको केही दिनअघि मात्र निधन भएको थियो ।

बेकेनबावरले १९६६ को विश्वकपमा मात्र २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए ।बेकनबाउरले पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका थिए ।‘डेर केइसर’ उपनामले परिचित बेकनबाउरले सन् १९७२ मा युरो कप पनि जितेका थिए । यस्तै दुई पटक बालोन डे ओर पनि जितेका थिए ।

मुख्यगरी डिफेन्समा खेल्ने उनले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेलेका छन् र बायर्नमा पनि खेलाडी र प्रशिक्षकको रुपमा लिग जितेका थिए ।बायर्न छाडेपछि बेकनबाउरले अमेरिकी क्लब न्युयोर्क कोसमोसका लागि खेलेका थिए । जहाँ नर्थ अमेरिकन सकर लिगमा ब्राजिलका पेलेसँगै उनी पोस्ट ब्वाएको रुपमा थिए ।
बेकनबावरले डिफेन्डरको रूपमा १९७२ र १९७६ मा दुई बालोन डी’ओर अवार्डहरू पनि जितेका थिए ।डिफेन्डरको रूपमा यो अवार्ड जित्नु आजसम्म पनि दुर्लभ मानिन्छ ।फुटबल संसारमा उत्कृष्ट उपलब्धिको लागि उनलाई व्यापक रूपमा “डर काइसर” वा “सम्राट” उपनाम दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP