शनिबार , जेठ ३२, २०८२

काठमाडौं । जर्मनी फुटबल लेजेण्ड फ्रेञ्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ ।परिवारले एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो ।

‘गहिरो दुःखको साथ हामी घोषणा गर्दछौं कि मेरो श्रीमान् र हाम्रा बुबा, फ्रान्ज बेकेनबावरको हिजो आइतबार परिवारको साथमा शान्तिपूर्वक निधन भयो,’ परिवारको विज्ञप्तिमा लेखिएको छ।

विश्व फुटबलकै उत्कृष्ट मध्येका एक बेकनबाउरले जर्मनीबाट दुईपटक विश्वकप जितेका थिए । उनले सन् १९७४ मा आफ्नो कप्तानीमा पश्चिम जर्मनीबाट विश्वकप उपाधि जितेका थिए । यस्तै १९९० मा प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तीनमध्ये एक हुन् । उनी बाहेक ब्राजिलका मारियो जागोला र फ्रान्सका डिडियर डेसच्याम्पले पनि दुई भूमिकामा उपाधि जितेका थिए । त्यसमध्ये पहिलो जागोलोको केही दिनअघि मात्र निधन भएको थियो ।

बेकेनबावरले १९६६ को विश्वकपमा मात्र २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए ।बेकनबाउरले पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका थिए ।‘डेर केइसर’ उपनामले परिचित बेकनबाउरले सन् १९७२ मा युरो कप पनि जितेका थिए । यस्तै दुई पटक बालोन डे ओर पनि जितेका थिए ।

मुख्यगरी डिफेन्समा खेल्ने उनले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेलेका छन् र बायर्नमा पनि खेलाडी र प्रशिक्षकको रुपमा लिग जितेका थिए ।बायर्न छाडेपछि बेकनबाउरले अमेरिकी क्लब न्युयोर्क कोसमोसका लागि खेलेका थिए । जहाँ नर्थ अमेरिकन सकर लिगमा ब्राजिलका पेलेसँगै उनी पोस्ट ब्वाएको रुपमा थिए ।
बेकनबावरले डिफेन्डरको रूपमा १९७२ र १९७६ मा दुई बालोन डी’ओर अवार्डहरू पनि जितेका थिए ।डिफेन्डरको रूपमा यो अवार्ड जित्नु आजसम्म पनि दुर्लभ मानिन्छ ।फुटबल संसारमा उत्कृष्ट उपलब्धिको लागि उनलाई व्यापक रूपमा “डर काइसर” वा “सम्राट” उपनाम दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 118 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP