आइतबार , असार १, २०८२

काठमाडौं । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललाई पठाउने सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको व्यापक चर्चा छ ।

सार्वजनिक रुपले यसबारे कसैले बोलेको छैन, तर सत्ता गठबन्धन निकट नेता र स्रोतहरुले सहमति भएको बताईरहेका छन् । चर्चा यसकारण पनि छ कि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल गत वर्ष भएको प्रतिनिधिसभा चुनावमा प्यूठानबाट पराजित भएकी थिईन् ।  हामीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग यो विषयमा छोटो कुराकानी गरेका छौं ।

प्रश्न : सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटामा दुर्गा पौडेललाई पठाउने सहमति भएको भन्ने कुरा के हो ? 

केसी:  छलफल भएको हो, चुनावमा भाग लिने भएपछि ‘त्यो’ हामीलाई दिने भन्ने  ‘ छ ।

प्रश्न : दुर्गा जीको नाममा सहमति भएको हो । 

केसी :नेपालका पार्टीहरु हुन तपाइँलाई पनि थाहा छ । सहमति कति पालना गर्छन, अहिले मुन्टो हल्लाएका छन, त्यही बुझ्नुस् ।

प्रश्न : पार्टीले दुर्गाजीकै नाममा निर्णय गरेर भएको हो ? 

केसी : पार्टीले निर्णय नगरी त्यसै हुन्छ उम्मेदवार बन्न ? कस्ता कुरा गर्नुहुन्छ तपाइँ ? आफ्नो खुशीले कोही उम्मेदवार बन्न पाइन्छ ?

प्रश्न: चुनाव हारेको व्यक्तिलाई किन त ? उहाँले चुनाव हारेको हो नि  ? 

केसी: चुनाव हारेको भन्ने विषय त सैद्धान्तिक विषय न हो, चुनाव नलडेको मान्छेलाई अनुभव हुँदैन त्यो संसद भित्रको, अनुभव नभएकोलाई पठाउँदा अलमल हुन्छ, कुहिरोको काग हुन्छ एक शेसन त ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 125 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP