आइतबार , भाद्र १४, २०८३

काठमाडौं । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिटमा राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललाई पठाउने सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको व्यापक चर्चा छ ।

सार्वजनिक रुपले यसबारे कसैले बोलेको छैन, तर सत्ता गठबन्धन निकट नेता र स्रोतहरुले सहमति भएको बताईरहेका छन् । चर्चा यसकारण पनि छ कि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल गत वर्ष भएको प्रतिनिधिसभा चुनावमा प्यूठानबाट पराजित भएकी थिईन् ।  हामीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग यो विषयमा छोटो कुराकानी गरेका छौं ।

प्रश्न : सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटामा दुर्गा पौडेललाई पठाउने सहमति भएको भन्ने कुरा के हो ? 

केसी:  छलफल भएको हो, चुनावमा भाग लिने भएपछि ‘त्यो’ हामीलाई दिने भन्ने  ‘ छ ।

प्रश्न : दुर्गा जीको नाममा सहमति भएको हो । 

केसी :नेपालका पार्टीहरु हुन तपाइँलाई पनि थाहा छ । सहमति कति पालना गर्छन, अहिले मुन्टो हल्लाएका छन, त्यही बुझ्नुस् ।

प्रश्न : पार्टीले दुर्गाजीकै नाममा निर्णय गरेर भएको हो ? 

केसी : पार्टीले निर्णय नगरी त्यसै हुन्छ उम्मेदवार बन्न ? कस्ता कुरा गर्नुहुन्छ तपाइँ ? आफ्नो खुशीले कोही उम्मेदवार बन्न पाइन्छ ?

प्रश्न: चुनाव हारेको व्यक्तिलाई किन त ? उहाँले चुनाव हारेको हो नि  ? 

केसी: चुनाव हारेको भन्ने विषय त सैद्धान्तिक विषय न हो, चुनाव नलडेको मान्छेलाई अनुभव हुँदैन त्यो संसद भित्रको, अनुभव नभएकोलाई पठाउँदा अलमल हुन्छ, कुहिरोको काग हुन्छ एक शेसन त ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP